दफा ४
आयोगको बैठक
(१) संविधान, यो ऐन र अन्य प्रचलित कानून बमोजिम आयोगले गर्नुपर्ने सबै काम आयोगको निर्णय बमोजिम हुनेछ ।
(२) आयोगको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ । (३) आयोगको तत्काल कायम रहेको सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएमा आयोगको बैठक बस्न सक्नेछ ।
(४) आयोगको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(५) आयोगको निर्णय आयोगको सचिवले प्रमाणित गर्नेछ ।
(६) आयोगको बैठक सम्बन्धी अन्य ८ कार्यविधि आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।